काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंह र काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सिर्जना सिंहले मतदान गरेका छन् । उनीहरुले महानगर-१६ स्थित युवक माविबाट मतदान गरेका हुन् । सिर्जना प्रकाशमानकी पत्नी पनि हुन् । उनी सत्ता गठबन्धनबाट महानगर मेयरमा उम्मेदवार बनेकी छन् ।