४ पुस २०८२, शुक्रबार | December 20, 2025

अत्यावश्यक ऐन कानुन बनाउँदा हुने ढिलासुस्तीले राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध गर्छ : राष्ट्रपति  

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्बाट अत्यावश्यक ऐन, कानुन बनाउने काममा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सिर्जना गर्ने बताएका छन् । आज राष्ट्रपति कार्यालयमा संसदीय मामिला पत्रकार समाजआबद्ध पत्रकारहरूसँगको भेटमा उनले संसद्मा ‘डेडलक’को अवस्था आउन नदिई आवश्यक छलफल, सहमति र सहकार्यले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउने र संसद्प्रति जनताको भरोसा जागृत गराउने बताए…