काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । नेपाल–चीन द्विपक्षीय बैठक सुरु हुनुअघि दुई देशका परराष्ट्रमन्त्री भेटवार्ता गरेका हुन् । दुई मन्त्रीबीच भेट लगत्तै नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय द्विपक्षीय बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा द्विपक्षीय…