२१ भदौ २०८३, आइतबार | September 7, 2026

मन्दिर नजान र पूजाआजा बन्द गर्न अभिनेत्री एवं राप्रपा नेतृ रेखा थापाको आह्वान



बुटवल । अभिनेत्री एवं राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले मन्दिरमा पूजा गर्न नजान आह्वान गरेकी छिन् । राप्रपाले बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य थापाले मन्दिर नजान र पूजाआजा पनि नगर्न आग्रह गरेकी हुन् ।

उनले राप्रपालाई मत दिए धर्म प्राप्त हुने भन्दै समर्थकहरुलाई मन्दिर नजान र पूजाआजा नगर्न आग्रह गरेकी हुन् । उनले आफ्नो साझा परिचयलाई दाउमा राखेर राजनीतिमा होमिएको भन्दै राप्रपाको एजेण्डाले नै देशले निकास पाउने दाबी गरिन् । उनले कसैको केही नहुनेहरुकालागि राजनीति हुनुपर्नेमा नेपालमा राजनीति हुने खानेहरुका लागि मात्र गर्ने गरिएको बताउँदै उनले गरिव, मजदुर र सामान्य जनताको टाउकोमा टेकेर नेताहरु रातारात धनी बनेको आरोप लगाईन् ।

राप्रपा भावनाको राजनीति गर्न चाहेको बताउँदै उनले राप्रपाको अभियानलाई राजनीतिक विज्ञापन नठान्न आग्रह गरिन् । राप्रपाले पनि जनताले धोका दिए आफ्नो साझा पहिचान नरहने थापाको भनाई छ । गणतान्त्रिक व्यवस्था प्रति लक्षित गर्दै उनले वर्तमान व्यवस्थाले गाली गर्ने शिक्षा मात्र दिएको बताउँदै नागरिकको जीवन परिवर्तन गर्न नसकेको बताईन् । राप्रपाबाट निर्वाचित भएका नेताहरुले गलत गरे आफैले ती नेतामाथि जन कारवाही गर्ने चेतावनी समेत दिईन् ।

आफुले जनताको आँखामा आक्रोश र पिडा देखेको बताउँदै अभिनेत्री थापाले आगामी निर्वाचनमा त्यो आक्रोशलाई शान्त पार्न राप्रपाको एजेण्डा सफल हुने बताइन् । उनले आफु राप्रपाको केन्द्रीय सदस्य भएपनि चुनाव जितेर राप्रपाका नेताहरुले पनि गल्ती गरे आफुले नछाडने चेतावनी दिइन् ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ६ : २३ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त