बुटवल । नेकपा एमालेको दशौं महाधिवेशनको तयारी सुरु भइरहँदा देशभरी स्थानीय अधिवेशनहरु चलिरहेको छ । १० बुँदे सहमति बनाएर पार्टी एकताबद्ध भएको घोषणा गरिएपनि एमालेका स्थानीय तहका अधिवेशनहरुमा अध्यक्ष केपी ओली पक्षको एकलौटी नेतृत्व चयन हुने क्रम जारी छ । १० बुँदेका आधारमा अध्यक्ष ओली पक्षमा समाहित भएका तेस्रो धारका नेताहरुलाई जगदेखिनै सफाया गर्ने अभियान…