५ बैशाख २०८३, शनिबार | April 18, 2026

प्रधानमन्त्री ओली नक्कली एमाले हुन : नेता नेपाल

कावासोती । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नक्कली एमाले भएको आरोप लगाएका छन् । पूर्वी नवलपरासीको कावासोतीमा मंगलबार कार्यकर्ता प्रशिक्षण कार्यक्रमा बोल्दै नेता नेपालले सक्कली एमाले आफुहरू भएको बताउँदै एमाले समाप्त पार्न प्रधानमन्त्री ओली आफै लागेको आरोप लगाए। आफू पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताउदै…