१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सुदुरपश्चिम एमालेमा किचलो : ६ जना मन्त्री र सचेतकलाई कारवाही गर्न प्रदेश कमिटीको सिफारिस



धनगढी । नेकपा एमालेको सुदुरपश्चिम प्रदेश कमिटीले आफ्ना ६ मन्त्री र संसदीय दलका सचेतकलाई कारवाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ ।

एमाले सुदुरपश्चिम कमिटीले प्रदेश सरकारमा रहेका ३ जना मन्त्री, ३ जना राज्यमन्त्री र सचेतक दुर्गाकुमारी कामीलाई कारवाही गर्न सिफारिस गरेको हो ।

पार्टी स्थायी कमिटीको निर्णय विपरित सरकारबाट बाहिरिनुपर्नेमा उल्टै मन्त्री बनेको भन्दै प्रदेश कमिटीले भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीलाई साधारण सदस्य समेत नरहने गरी निस्काशनको सिफारिस गरेको छ ।

यसैगरी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाई पनि निष्काशनको सिफारिस गरिएको छ ।

यसअघि संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई पार्टीको साधारण सदस्य नरहनेगरी निष्कासन गर्न सिफारिस गरिसकेको छ ।

नेकपा एमालेभित्र केपी ओली पक्ष र नेपाल खनाल पक्षको विवाद उत्कर्षमा पुगेर केन्द्रीय नेताहरुलाई भटाभट कारवाहीको चरणसम्म पुग्दा सुदुरपश्चिम प्रदेशमा पनि त्यसको प्रभाव परेको हो ।

प्रदेशसभा संसदीय दलमा ओली पक्ष निकै कमजोर रहेको छ । सभामुखसहित २५ सांसद रहेको प्रदेशसभामा नेपाल खनाल पक्षका १८ जना सांसद छन् । यद्यपी, पार्टीभित्रको अन्तसंघर्ष विभाजनको अवस्थासम्म पुग्दा यो संख्या तलमाथि भएको बताइएको छ ।

प्रदेश कमिटीले १० जना सांसदलाई कारवाहीको सिफारिस गर्दा संख्यात्मक हिसाबले एमाले प्रदेशसभामा कमजोर बन्ने देखिन्छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  २ : ०५ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो