८ बैशाख २०८१, शनिबार | April 20, 2024

एमाले स्थायी कमिटी बैठक फेरि स्थगित



काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक फेरि सरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे बोलाइएको बैठक मंगलबार बिहान ११ बजे मात्र बस्ने भएको हो । यसअघि आइतबार साँझ ५ बजे बस्ने भनिएको बैठक आज बिहान १० बजेका लागि सारिएको थियो ।

शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताएका छन् । स्थायी कमिटीका केही नेताहरु लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभाको पदका लागि आज हुन लागेको उपनिर्वाचनमा व्यस्त हुँदैछन् ।

अब भोलिका लागि सारिएको बैठकमा पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा थप नेताहरुलाई कारावाहीको निर्णय हुनसक्ने बताइएको छ । विपक्षी गठबन्धनलाई सघाएको आरोपमा एमालेले घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडालगायत १२ जना नेताहरुलाई स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण सोधिएका अन्य नेताहरुमा सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा छन् । २४ घण्टे स्पष्टीकरण मागिए पनि बाह्रै जनाले स्पष्टीकरण बुझाएका छैनन् ।

त्यसअघि जेठ १० गते बसेको एमाले स्थायी कमिटी बैठकले झलनाथ खनाल, माधवकुमार नेपालसहित ११ नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको थियो ।

बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र चुनावको तयारीबारे समेत छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ९ : २८ बजे

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस