काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा उम्मेदवार मातृका यादवलाई प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गरेको छ । विवादका बिच यादवलाई विजयी घोषणा गरिएको हो । अन्तिम मतगणना परिणाम अनुसार यादवले १० हजार ४०३ मत पाएका थिए भने कांग्रेसका रामपल्टन साहको ९ हजार ५०२ र एमालेका रामचन्द्र मण्डलको…