१२ कार्तिक २०८३, बिहिबार | October 30, 2026

धनुषा-१ को नतिजा तत्काल घोषणा नगर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले धनुषा १ को मतपरिणाम तत्काल घोषणा नगर्न आदेश दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलले आफ्नो उम्मेदवारी खारेज गरिएको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले निर्वाचन आयोगका नाममा कारण देखाऊ आदेश जारी गर्दै सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ। साथै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि अदालतले आगामी २९ गते पेसी तोकेको छ। सो दिन निर्वाचन आयोगका प्रतिनिधि र निवेदकबीच बहस भएपछि मात्र अन्तरिम आदेशबारे निर्णय गरिनेछ।

निर्वाचन आयोगले कालोसूचीमा परेको भन्दै योग्यता नपुग्ने आधारमा साहको उम्मेदवारी रद्द गरेको थियो।

तर आयोगले २४ गते निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाइ मतगणना जारी राख्न तर अन्तिम नतिजा सार्वजनिक नगर्न निर्देशन दिएको थियो। त्यसअनुसार निर्वाचन अधिकृतको कार्यालयले मतगणना सम्पन्न गरिसकेको भए पनि अन्तिम नतिजा सार्वजनिक गरेको छैन।

मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका यादवले धेरै मत प्राप्त गरेका छन् । तर, आयोगले पहिला उम्मेदवारी खारेज गरेका रास्वपाका साहले त्यो भन्दा बढी मत प्राप्त गरेको बताइएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ५ : १९ बजे

रुपन्देहीमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु

बुटवल । नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान

प्रहरी संगठनलाई विवादमा तानेर चालबाजीलाई गर्नेहरुलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं । केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’

एनपीएल-३ : कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

सम्भावित अर्नव चक्रवात: यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै