११ श्रावण २०८३, सोमबार | July 27, 2026

धनुषा-१ को नतिजा तत्काल घोषणा नगर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले धनुषा १ को मतपरिणाम तत्काल घोषणा नगर्न आदेश दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलले आफ्नो उम्मेदवारी खारेज गरिएको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले निर्वाचन आयोगका नाममा कारण देखाऊ आदेश जारी गर्दै सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ। साथै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि अदालतले आगामी २९ गते पेसी तोकेको छ। सो दिन निर्वाचन आयोगका प्रतिनिधि र निवेदकबीच बहस भएपछि मात्र अन्तरिम आदेशबारे निर्णय गरिनेछ।

निर्वाचन आयोगले कालोसूचीमा परेको भन्दै योग्यता नपुग्ने आधारमा साहको उम्मेदवारी रद्द गरेको थियो।

तर आयोगले २४ गते निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाइ मतगणना जारी राख्न तर अन्तिम नतिजा सार्वजनिक नगर्न निर्देशन दिएको थियो। त्यसअनुसार निर्वाचन अधिकृतको कार्यालयले मतगणना सम्पन्न गरिसकेको भए पनि अन्तिम नतिजा सार्वजनिक गरेको छैन।

मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका यादवले धेरै मत प्राप्त गरेका छन् । तर, आयोगले पहिला उम्मेदवारी खारेज गरेका रास्वपाका साहले त्यो भन्दा बढी मत प्राप्त गरेको बताइएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ५ : १९ बजे

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने

खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत

अमेरिका-इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हङकङ । संयुक्त राज्य अमेरिका-इरान सैन्य तनावमा विरामसँगै युद्धविराम र

नागरिक एपबाट ग्लोबल आइएमई बैंकमा खाता खोल्ने सकिने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक

बागमती प्रदेश सरकार गठनका लागि दलहरूको छलफल

हेटौंडा । बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु छलफलमा जुटेका

प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

काठमाडौं । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा. मनोजकुमार