काठमाडौं । घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन्। राजीनामा दिएको पुष्टि गर्दै गुप्ताले आफूले पद त्याग गरिसकेको जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा गुप्तालाई बोलाएर घटनाबारे सोधपुछ गरेका थिए। भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिमा…