१० असार २०८३, बुधबार | June 24, 2026

‘जेनजी’ आन्दोलनका नाममा तोडफोड र आगजनी निन्दनीय : मुख्यमन्त्री कँडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी निन्दनीय भएको बताएका छन् ।

आइतबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आन्दोलनलाई उद्देश्यभन्दा फरक ढङ्गले प्रयोग गर्नु निन्दनीय भएको र तोडफोड र आगजनीको जिम्मेवार को हुने भन्ने विषयले थप अन्यौलता सिर्जना गरेको बताए ।

मुख्यमन्त्री कँडेलले गणतन्त्र ल्याउने अभियानमा सहभागी युवाहरूलाई समेत भड्काएर घटना गराइएको जिकिर गरे । उनले सङ्घीय राजधानीमा अप्रिय घटनाहरू घटेको र त्यसको प्रभाव कर्णालीमा पनि देखिएको बताए ।

“यस घटनामा सबैभन्दा बढी नोक्सानी कर्णाली प्रदेशसभामा भएको छ । यस्तो अवस्थामा अब कसरी काम गर्ने भनेर प्रदेश सचिव र मन्त्रीहरूसँग छलफल भएको छ”, मुख्यमन्त्री कँडेलले भने ।

उनले आज क्षतिग्रस्त सरकारी कार्यालयको अनुगमनसमेत गरेका थिए ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  ८ : २५ बजे

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै