काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा मंगलबारका लागि पूर्वनिर्धारित सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको हो । प्रधानमन्त्री ओली स्वास्थ्यका कारणले अनुपस्थित हुने जानकारी भएपछि प्रश्नोत्तर कार्यक्रमलाई कार्यसूचीबाट हटाइएको सभामुखको सचिवालयले जनाएको छ । यसअघि ओली अस्वस्थ भएकै कारण हिजो बस्ने भनिएको…