काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले हिरासत पठाएको छ । सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका लामिछानेको बयान सकिएपछि जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीले प्रहरीको जिम्मा लगाएका हुन् । बयान सकिएपछि इजसालसमा रविका कानूनव्यवसायी र न्यायाधीशबीच हिरासतमा पठाउने या परिवार या कानूनव्यवसायीको जिम्मा लगाउने…