२६ असार २०८३, शुक्रबार | July 10, 2026

सुकुम्बासीलाई बलपूर्वक हटाउने सरकारी तयारीप्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेले बागमती नदी किनारका सुकुम्बासी बस्तीहरू बलपूर्वक हटाउने सरकारी तयारीप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीले यस्तो कदम संविधानले सुनिश्चित गरेका मौलिक अधिकार, सामाजिक न्यायका सिद्धान्त तथा अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डविपरीत रहेको बताएको छ। शुक्रबार जारी विज्ञप्तिमा एमालेका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले गरिब, विपन्न र सुकुम्बासी समुदायमाथि गरिएको व्यवहारलाई अमानवीय र असंवेदनशील भन्दै…