२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह



काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रमेशकुमार हमालले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षाजस्ता विषयमा संसद् विभाजित भएर प्रस्तुत हुनु दुःखद् भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वाभिमान, भू–अखण्डता र सीमासम्बन्धी विषयमा राजनीतिक दलहरूबीच साझा धारणा र एकता आवश्यक रहेको बताए । सांसद हमालले नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गरे ।

“राष्ट्रियताको सन्दर्भमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति फिर्ता हुनुपर्छ”, उनले भने, “संसद्को रेकर्डमा रहेका ती शब्दहरू पनि हटाइनुपर्छ ।” उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको दोहो¥याउँदै ती क्षेत्रमाथिको नेपालको दाबी ऐतिहासिक र तथ्यगत रूपमा स्पष्ट रहेको बताए । उनले नेपालको आत्मसम्मान, राष्ट्रिय गौरव र सार्वभौमसत्ताको संरक्षण सबै राजनीतिक शक्ति र राज्य संयन्त्रको साझा दायित्व भएको उल्लेख गरे ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ५ : ३१ बजे

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन : एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा

सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद

मनास्लु आरोहणको ७० वर्ष : आरोहीलाई सम्मान

काठमाडौं । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा

प्रधानमन्त्री फेरि के बोल्ने हुन् भन्ने डर छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ