काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको नतिजामा देखिएको त्रुटि सच्याउँदै संशोधित सूची सार्वजनिक गरेको छ। भुवन केसीको अध्यक्षतामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको मत परिणाम, उम्मेदवारी दर्ताका क्रममा पेस गरिएका कागजात तथा सम्बन्धित प्रमाणहरूको पुनः अध्ययनपछि दुई जना केन्द्रीय सदस्यको नाम हेरफेर गर्ने निर्णय गरेको हो। संशोधित सूचीअनुसार…