८ बैशाख २०८१, शनिबार | April 20, 2024

वैशाख ६ गते कोशी प्रदेशसभाको विशेष अधिवेशन आह्वान

विराटनगर । कोशी प्रदेशमा प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ। नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का सांसदहरूले विशेष अधिवेशन आह्वान माग गर्दै गत सोमबार समावेदन गरेपछि प्रदेश प्रमुख परशुराम खापुङ्गले अधिवेशन आह्वान गरेका ह्न । बुधबार वैशाख ६ गतेका लागि प्रदेश सभा विशेष अधिवेशन आह्वान गरेको प्रदेशप्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।…