काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदलाई बेवास्ता गर्दै अध्यादेशमार्फत अघि बढ्न खोजेको भन्दै आपत्ति जनाएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका सचेतक निस्कल राईले सरकारले संसद्मा छलफल गराएर निर्णय गर्नुपर्ने विषयमा अध्यादेशको सहारा लिनुको कारणबारे प्रश्न उठाए । उनले विशेषगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै ६ सदस्यीय परिषद्मा तीन जनाको उपस्थितिलाई…