काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बालेन शाह संसद् बैठकबाट बीचमै बाहिरिएको घटनाबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग स्पष्टिकरण माग गरेको छ । प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा कांग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीको व्यवहारले संसदीय मर्यादामाथि प्रश्न उठाएको बताइन् । उनले राष्ट्रपतिको सम्बोधनजस्तो संवेदनशील र औपचारिक कार्यक्रममा…