८ पुस २०८२, मंगलबार | December 23, 2025

घोराहीमा माओवादीका हेमराजको अग्रता कायमै, लमहीमा कांग्रेस अगाडि

दाङ । घोराही उपमहानगरपालिकामा गठबन्धनबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हेमराज शर्माले अग्रता बढाइरहेका छन् । शर्माले २ हजार ८८४ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का नरुलाला चौधरीले भने २ हजार ५३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रमुख पदमा करिब ३०० मतान्तर भए पनि उपप्रमुखमा धेरै रहेको छ…