विराटनगर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको बताएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पोखरेलले नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको बताए। वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न सकिन्छ ।” आगामी सङ्घ…