२१ बैशाख २०८३, सोमबार | May 4, 2026

पार्टीभित्रको एकता बलियो बनाउन एमाले अध्यक्ष ओलीको आग्रह



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकता बलियो भएमा आउँदो निर्वाचनमा धेरै स्थानमा जित्न सकिने बताएका छन । एमालेमा गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको अन्तरघातबारे छानबिन चलिरहेको छ ।

एमालेको पर्सा जिल्ला कमिटीले आज काठमाडौंमा आयोजना कार्यक्रममा अध्यक्ष ओलीले आफू उम्मेदवार नभए वा अवसर नपाएमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने प्रवृत्ति त्यागेर जिताउने भूमिका निर्वाह गर्न आग्रह गरे ।

उनले जनता र कार्यकर्तासँग विनम्र, भद्र र शालीन भएर पार्टीको निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै पार्टीले निर्वाचन जितेर सरकारको नेतृत्व गर्ने स्थिति भएमा थप अवसर सिर्जना हुने विश्वास दिलाए ।

पूर्व प्रधानमन्त्री ओलीले मधेसतिर जाँदा एमालेलाई मधेस विरोधी र पहाडतिर जाँदा पहाड विरोधी हो भनेर चलाइएका हल्ला गलत सावित भएकाले अबको निर्वाचनमा त्यस प्रकारको हल्लाको सामना गरिरहन नपर्ने स्पष्ट गरे । उनले नागरिकता समस्यालाई वास्तविकरुपमा समाधान गर्ने पार्टी एमाले मात्रै भएको जिकिर गरे ।

 

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  ८ : ३८ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता