२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

राष्ट्रपति भण्डारी राजीनामा दिने योजनामा; गठबन्धनलाई दबाब, एमालेलाई चुनावी मसला



काठमाडौं । पछिल्ला दिनमा सरकारसँग असन्तुष्ट बन्दै गएकी राष्ट्रपति विद्यादेवी भण्डारी राजीनामा दिने योजनामा लागेकी छिन् ।

आफुले संसदमा फिर्ता पठाएको नागरिकता विधयेक प्रतिनिधिसभाले पुनः हुबहु पारित गरेपछि झन असन्तुष्ट बनेकी राष्ट्रपति भण्डारीले आफु निकटस्थहरुसँग राजीनामा दिने मुडमा पुगेको बताएकी छिन् । भण्डारीले बुढानिलकण्डस्थित आफ्नो निजी निवासको सफाई गर्न समेत लगाएकी छिन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा नागरिकता विधेयककै विषयलाई विशेष जोड दिँदै राजीनामा दिँदा आफ्नो ‘पूर्वपार्टी’ नेकपा एमालेलाई चुनावी रणनीतिका लागि पनि सहयोग पुग्ने आंकलन उनले गरेको विश्लेषण गरिएको छ । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगको नागरिकता विधेयक त्यहाँबाट पनि पारित भए राष्ट्रपतिले १५ दिनभित्र यसपटक पारित गर्नैपर्ने संवैधानिक बाध्यता छ । तर, यदि उनले १५ दिनसम्म पनि विधेयक प्रमाणिकरण नगरि राखिन र १६औं दिनमा राजीनामा दिइन भने त्यसपछि के गर्ने भन्नेबारे संविधान मौन रहेको छ । किनकी संविधानमा संवैधानिक राष्ट्रपतिले गर्ने काम कर्तव्य र अधिकारबारे मात्र लेखिएको छ । काम र कर्तव्यबाट पछि हटेर राजीनामा दिएमा त्यसपछि के हुन्छ भन्नेबारे परिकल्पना नै गरिएको छैन ।

राष्ट्रपति नहुँदा उपराष्ट्रपतिले कार्यभार सम्हाल्ने भएपनि १५ दिनपछिको विधेयकलाई उपराष्ट्रपतिले प्रमाणिकरण गर्नसक्ने या नसक्ने भन्ने विषय संवैधानिक विवादको विषय बन्नसक्ने देखिन्छ । यही विश्लेषण गर्दै राष्ट्रपतिका सल्लाहकार र उनको पूर्वपार्टीका नेताहरुले भण्डारीलाई राजीनामा दिन सुझाव दिइरहेको बुझिएको छ ।

२०७२ सालदेखि दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारीका लागि अब यो पदमा नबसे पनि हुने अवस्था छ भने उनले राजीनामा दिएमा सरकार चलाइरहेका दलहरुका लागि राजनीतिक झड्का हुने देखिन्छ । जबकी, उनको पूर्व पार्टी एमालेका लागि भने चुनावी मसला मिल्ने देखिन्छ । यही विश्लेषण गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रपतिको संभावित कदमबारे आफ्नो पार्टीका नेताहरुसँग आज छलफल गरेका छन् ।

भण्डारीले आजै आफ्नो सुरक्षामा खटिएका वर्तमान र पूर्वसुरक्षा अधिकारीहरूसँग शितलनिवासमा छलफल गरेकी छिन् ।

नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले सुरक्षा निकायका अधिकारीसँग गरेको कुराकानीबारे विस्तृत विवरण सार्वजनिक भएको छैन । सुरक्षा स्रोतका अनुसार राष्ट्रपतिले उनीहरुलाई धन्यवाद दिएकी छन् ।

दोस्रो कार्यकालको अन्तिम चरणमा रहेकी राष्ट्रपति भण्डारीले पछिल्लो समय अन्य क्षेत्रका व्यक्तिहरुसँगको भेटवार्तालाई पनि तिव्रता दिएकी छन् ।

भण्डारी दोस्रो पटक २०७४ फागुन २९ मा राष्ट्रपति निर्वाचित भएकी हुन् ।

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  ८ : ४१ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि