२० माघ २०८२, मंगलबार | February 3, 2026

स्टिभ जब्सको पहिलो बायोडाटा ५१ लाखमा लिलामी हुँदै



एजेन्सी: विश्वर्चित प्रविधि कम्पनी एप्पलका सह-संस्थापक स्टीभ जब्सको मृत्युपछि अब उनको पहिलो बायोडाटा चर्चामा आएको छ ।

समाचार अनुसार स्टीभ जब्सले आफ्नो पहिलो जागिरका लागि आवेदन दिने क्रममा यही बायोडाटाको प्रयोग गरेका थिए । अब उनको यो बायोडाटा यही मार्चमा लिलामी हुने भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया पनि पुरा भइसकेको छ । जब्सको यो बायोडाटा ५१ लाख नेपाली रुपैयाँ (५० हजार अमेरिकन डलर) मा बिक्ने बताइएको छ ।

समाचार अनुसार स्टिभ जब्सले यो सिमी सन् १९७३ मा बनाएका थिए । एक पन्नाको यस सिभिमा स्पेलिङ्ग मिस्टेकदेखि लिएर कयौँ अन्य किसिमका गल्ती पनि छन् ।

यस बायोडाटामा स्टिभ जब्सले ‘एप्लिकेसन लिस्ट’ को स्थानमा आफ्नो नाम लेखेका छन् । त्यसैगरी आफ्नो ठेगानामा पनि रीड कलेज लेखेका छन् । यो त्यही कलेज हो जहाँ स्टिभ जब्सले केही समयका लागि पढेका थिए ।

स्टिभ जब्सले बायोडाटामा इलेक्ट्रानिक्स टेक र डिजाइन इन्जिनियरलाई आफ्नो विशेष खुबीका रुपमा उल्लेख गरेका थिए । साथै उनले ‘के कम्युटरबारे ज्ञान छ ?’ भनेर सोधिएको स्थानमा ‘थाहा छ’ लेखिदिएका थिए ।

पहिलो जागिरका लागि निवेदन दिएको तीन सालपछि उनले आफ्ना साथीसँग मिलेर आईफोनको उत्पादक एप्पल कम्‍पनी शुरू गरेका थिए । स्टिभ जब्सको पहिलो बायोडाटाको लिलामी ८ देखि १५ मार्चको बीचमा हुनेछ । उस लिलामीमा जब्ससँग जोडिएका अन्य कयौँ सामान पनि रहेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७४, सोमबार  ९ : १५ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि