१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बुद्ध लामाको पुरस्कारबारे एपीवान एचडीले यसो भन्यो



काठमाडौँ: एपीवान एचडी टेलिभिजनले पहिलो नेपाल आइडलका विजेता बुद्ध लामालार्इ सम्पूर्ण पुरस्कार हस्तान्तरण गरिसकिएको जनाएको छ ।

बुद्धलार्इ प्रदान गरिएका पुरस्कारबारे केही दिनयता भ्रामक समाचार प्रकाशित भएपछि एपीवानको तर्फबाट बिहीबार एक विज्ञप्ती जारी गर्दै नेपाल आइडलको फाइनलकै बेला बुद्धलार्इ नगद पुरस्कारसहित कारको साँचो पनि हस्तान्तरण गरिसकिएको जानकारी गराएको छ ।

‘तोकिएको र सम्झौता अनुसारको पुरस्कार रकम बुद्ध लामालाई हस्तान्तरण गरिसकिएको छ’, अन्नपूर्ण मिडिया नेट्वर्कको टेलिभिजन एपीवान एचडीले भनेको छ, ‘पुरस्कारमै पाएको कारको साँचो उनलाई त्यतिबेलै एक समारोहबीच बुझाइसकिएको छ । त्यही बेलादेखि उक्त कार उनी सँगै छ ।’

कारको स्वामित्व लिन बुझाइनुपर्ने कर तिर्ने जिम्मा बुद्धको भएको जनाउँदै कहाँ, कसरी र कति रकम तिर्नुपर्ने कुरा पनि बुद्धलार्इ जानकारी गराइसकिएको एपी वानले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

‘कारको कागजी स्वामित्व उनको नाममा गर्न नियमानुसार नेपाल सरकारलाई २५ प्रतिशत आकस्मिक लाभ कर तिर्नुपर्ने नियम भएकाले उक्त रकम के, कसरी, कहाँ बुझाउने भनेर पटकपटक जानकारी गराइएको छ’, विज्ञप्तीमा भनिएको छ, ‘उक्त कर तिरेपछि कारको कागजी स्वामित्व बुद्ध लामालाई हस्तान्तरण गर्न हामी आतुर छौँ ।’

म्युजिक एल्बम ?

एपी वानले विजेताले पाउने म्यूजिक एल्बमका लागि बुद्ध लामाले नै सिफारिस गरेका असु सेन लामालाई जिम्मा र अग्रिम रकमसमेत भुक्तानी गरिसकिएको जनाएको छ ।

‘हामीबाट म्युजिक एल्बमका लागि लाग्ने रकम भुक्तानी भइसकेको छ’, एपीवान एचडीले अगाडि भनेको छ, ‘जसको भिडियो एपीवान एचडी एचडीले निर्माण गर्नेछ । हो, विदेश भ्रमणमा तथा समयाभावका कारण उक्त एल्बम बनाउन ढिलो भएको बुद्ध लामालाई लाग्नु स्वभाविकै हो । तर सम्झौताको एक वर्ष भित्रै यो सम्पन्न हुनेछ ।’

एपीवान एचडीले सम्झौता बमोजिम सबै काम भइरहेको जनाउँदै वास्तविकता नबुझी दूरासयपूर्ण रूपमा प्रकाशित समाग्रीबाट सचेत रहन पनि आग्रह गरेको छ ।

‘नेपाल आइडलको मञ्चमार्फत एक परिवार र समूहबाट माथि उठदै आज सफलताको जुन तहमा बुद्ध लामा पुगेका छन त्यसमा एपीवान एचडीलाई गर्व छ’, विज्ञप्तीमा भनिएको छ, ‘यो एपिवान एचडीकै कारणले सम्भव भएको हो । बुद्ध लामालाई एपीवान एचडी एचडीकातर्फबाट भविष्यमा आउन लागेको उनको एल्बमका लागि शुभकामना !’

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ७ : १२ बजे

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा