३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

स्टिभ जब्सको पहिलो बायोडाटा ५१ लाखमा लिलामी हुँदै



एजेन्सी: विश्वर्चित प्रविधि कम्पनी एप्पलका सह-संस्थापक स्टीभ जब्सको मृत्युपछि अब उनको पहिलो बायोडाटा चर्चामा आएको छ ।

समाचार अनुसार स्टीभ जब्सले आफ्नो पहिलो जागिरका लागि आवेदन दिने क्रममा यही बायोडाटाको प्रयोग गरेका थिए । अब उनको यो बायोडाटा यही मार्चमा लिलामी हुने भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया पनि पुरा भइसकेको छ । जब्सको यो बायोडाटा ५१ लाख नेपाली रुपैयाँ (५० हजार अमेरिकन डलर) मा बिक्ने बताइएको छ ।

समाचार अनुसार स्टिभ जब्सले यो सिमी सन् १९७३ मा बनाएका थिए । एक पन्नाको यस सिभिमा स्पेलिङ्ग मिस्टेकदेखि लिएर कयौँ अन्य किसिमका गल्ती पनि छन् ।

यस बायोडाटामा स्टिभ जब्सले ‘एप्लिकेसन लिस्ट’ को स्थानमा आफ्नो नाम लेखेका छन् । त्यसैगरी आफ्नो ठेगानामा पनि रीड कलेज लेखेका छन् । यो त्यही कलेज हो जहाँ स्टिभ जब्सले केही समयका लागि पढेका थिए ।

स्टिभ जब्सले बायोडाटामा इलेक्ट्रानिक्स टेक र डिजाइन इन्जिनियरलाई आफ्नो विशेष खुबीका रुपमा उल्लेख गरेका थिए । साथै उनले ‘के कम्युटरबारे ज्ञान छ ?’ भनेर सोधिएको स्थानमा ‘थाहा छ’ लेखिदिएका थिए ।

पहिलो जागिरका लागि निवेदन दिएको तीन सालपछि उनले आफ्ना साथीसँग मिलेर आईफोनको उत्पादक एप्पल कम्‍पनी शुरू गरेका थिए । स्टिभ जब्सको पहिलो बायोडाटाको लिलामी ८ देखि १५ मार्चको बीचमा हुनेछ । उस लिलामीमा जब्ससँग जोडिएका अन्य कयौँ सामान पनि रहेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७४, सोमबार  ९ : १५ बजे

एयर इन्डियाको विमानमा बम भएको हल्लाले थाइल्याण्डमा आकस्मिक अवतरण

काठमाडौं । एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ

लुम्बिनीका ४ जिल्लामा असार १ गते सार्वजनिक विदा

नेपालगन्ज । लुम्बिनी प्रदेशको पहाडी जिल्लाहरुमा गरिने भूम्या पूजाका लागि

संसद् आजैदेखि खुल्छ : गगन थापा

इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध

उच्च अदालतका चार न्यायाधीशलाई मुख्य न्यायाधीशमा सिफारिस

काठमाडौँ । चार जना उच्च अदालतका न्यायाधीशलाई मुख्य न्यायाधीश पदमा

पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख