२१ बैशाख २०८३, सोमबार | May 4, 2026

वनको डढेलो वस्तिमा पस्दा सल्यानका १५ घरगोठ जलेर नष्ट



सल्यानमा आगलागीबाट १५ घर गोठ जलेर नष्ट भएका छन् । वनको डढेलो वस्तीमा फैलदा स्थानीयका १५ घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक प्रेमशंकर चोधरीले जानकारी दिए ।

छत्रेश्वरी गाउँपालिका वडा नं. ७ मा रहेको फेदीखोला सामुदायिक बनबाट सल्किएको आगोले बन नजिक रहेका श्रीचौरका ८ घर र ७ गोठ जलेर नष्ट भएको प्रहरी निरीक्षक चौधरीले सेतोपाटीलाई बताए ।

आगलागी बाट स्थानीय चक्रबहादुर दमाई, बेदबहादुर बोहोराको घर र शेरबहादुर केसी, कालिबहादुर केसी लगाएतका घर गोठ जलेर नष्ट भएको प्रहरीले बताएको छ । आगोले एउटा बोका र केही कुखुरा समेत मरेको चौधरीले जानकारी दिए । पिडितहरुले छिमेकीको घरमा आस्रय लिइरहेका छन् ।

हावाहुरी चलेको कारण वनको आगो नजिकैको बस्तिमा फैलिएको र हावाका कारण समयमै आगो नियन्त्रणमा समस्या भएको चौधरीले बताए। डढेलो राति नौबजेपछि मात्र नियन्त्रणमा आएको थियो । प्रहरीले आगलागीबाट भएको क्षतिको एकीकरण विवरण आइतबार संकलन गर्ने प्रहरीले बताएको छ। शनिबार दिउँसो पौने ३ बजेदेखि वनको डढेलो बस्तिमा पसेको थियो । जंगलमा आगो कस्ले लगाएको हो र त्यो बस्तिमा कसरी आइपुग्यो भन्ने बारेमा अनुसन्धान जारी रहेको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसैबिच नेपाल रेडक्रस सोशाईटी सल्यानले आगलागी पिडितलाई केही राहत सामाग्री वितरण गरेको छ । आगलागी बाट पिडित ५ घरपरिवारलाई राहत सामाग्री वितरण गरेको र बाँकीलाई आज आइतबार वितरण गर्ने रेडक्रस सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ६ : १९ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र