२९ भदौ २०८३, सोमबार | September 14, 2026

नेपालमा कमेडी रियालिटी शो हुने



काठमाडौँ : नेपालमा अन्तर्राष्ट्रियस्तरको हास्य व्यंग्यात्मक रियलिटी शो कमेडी किङ्ग हुने भएको छ । यसबारेमा आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

हास्यव्यंग्यत्मक रियलिटी सो कमेडी किङ्ग गर्न लागिएको जानकारी दिइएको हो । कमेडी किङ्ग नेपाली अनलाइन टेलिभिजनको सहकार्यमा निमार्ण तथा प्रसारण हुनेछ ।

वैशाखदेखि देशभरबाट आवेदन सङ्कलन गरी प्रतिस्पर्धात्मक रियलिटी सो कमेडी किङ्गको आयोजना गर्न लागेको कार्यक्रम संयोजक सुन्दर पुनले जानकारी दिए ।

देशभरका झन्डै ४० हजार सहभागी हुने अपेक्षासहित गर्न लागिएको रियलिटी शोमार्फत कमेडी किङ्ग बन्ने प्रतियोगीले निशानको सब्सीडरी बजेट कार ड्याटसन रेडी गोसहित नगद पुरस्कार पाउनेछन् ।

त्यसैगरी दोस्रो र तेस्रो हुने प्रतियोगीलाई दुबई र कतार लगायत युरोप भ्रमणको प्याकेजसहित क्रमशः १० लाख र ५ लाख नगद पुरस्कार प्रदान गर्ने कार्यकारी निर्देशक राजकुमार विष्टले बताए ।

पछिल्ला वर्षमा हास्यव्यङ्ग्यको क्षेत्रमा नयाँ कलाकारको उपस्थिति घटेकोले नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना हुन लागेको अनलाइन टिभी अन्नपूर्णका अध्यक्ष राजु सुवेदीले बताए । हास्यव्यङ्ग्यमा धेरैको रुचि बढ्दै गएकाले नेपालमै पहिलोपटक यस्तो प्रतियोगिता गरिएको आयोजकको भनाई छ ।

आगामी वैशाखदेखि सातै प्रदेशका सदरमुकाम सहित नारायणगढ, इटहरी र काठमाडौँ गरी १० सहरमा प्री अडिसन हुनेछ । प्री अडिसनमा करिब ४० हजारको सहभागी हुने अनुमान आयोजकको छ ।

जसमा सहभागी मध्येबाट १ सय जनालाई मेगा अडिसनका लागि छनोट गरिनेछ । छनोट भएका प्रतियोगीलाई काठमाडौँमा ल्याउने र मेगा अडिसनमा छनोट भएका मध्येबाट फेरि उत्कृष्ट ३० जना छनोट हुनेछन् । छनोट भएका ३० जनामध्येबाट पनि २० जना उत्कृष्टलाई छनोट गरिनेछ ।

टप २० देखि दर्शकको भोटिङ हुदैं हरेक हप्ता गर्ने प्रस्तुतिका आधारमा ३ जना फाईनल प्रतिस्पर्धामा सहभागी हुनेछन् । उक्त प्रतियोगितामा सबै उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउने पनि आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ७ : १३ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ