११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

अमेरिका लगिदिए निको हुन्छ कि भन्ने सीताको जिकिरले जान लागेको हुँ- दाहाल



नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि आइतबार अमेरिका प्रस्थान गरेका छन्।

अध्यक्ष दाहालसँगै उनका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली आज साँझ ५ बजे इतिहाद एयरवेजमार्फत अमेरिका प्रस्थान गरेका हुन्।

अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीता दाहालको प्रोगेशिब सुप्रान्यूक्लियर पाल्से रोगको उपचार हुनेछ।

आफू बिल्कुल श्रीमतीको स्वास्थ्य उपचारका लागि मात्र अमेरिका जान लागेको दाहालले बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

अमेरिकामा यो रोगको बारेमा पछिल्लो समय नयाँ अनुसन्धान भएकोले आफूहरू निदानका लागि अमेरिका जान लागेको स्पष्ट पारे।

‘म स्वास्थ्य उपचारका लागि अमेरिका जान लागेको हुँ। यसअघि सिंगापुर पनि गयौ। त्यसले केही हदसम्म सहयोग पनि गर्‍यो। तर, अमेरिकामा बस्ने साथीहरूको सल्लाह अनुसार सीताको रोगबारे त्यहाँ सबैभन्दा पछिल्लो अनुसन्धान भइरहेको छ भन्ने आयो। त्यहाँ एउटा रिसर्च सेन्टर पनि रहेछ त्यसैले जान लागेका हौ,’ उनले भने, ‘त्यहाँ यो बिरामी सम्बन्धी अन्तिम उपचारको राम्रो व्यवस्था छ भनेपछि मेरो म्याडमले अमेरिका लगिदिए अलिक राम्रो हुन्थ्यो कि भन्ने एक महिना अघिदेखि जिकिरले पनि मनोवैज्ञानिक रूपमा अमेरिका जानुपर्ने र उपचारको कोशिश गर्नुपर्ने भन्ने भयो।’

आफूहरूलाई अमेरिका जानका लागि परराष्ट्र मन्त्रालय, नेपालस्थित अमेरिकी राजदूत र अमेरिकास्थित नेपाली राजदूतले सहजीकरण गरेको जानकारी दिए।

उनले सीतालाई लागेको रोग पार्किन्सस रोगकै विभिन्न भेराइटीमध्ये एक यसको पछिल्लो अनुसन्धान अमेरिकामै भएकाले आफू त्यहाँ जान लागेको बताए।

उनले अमेरिकामा सम्भव भएमा दुई देशबीचको सम्बन्धका विषयमा कुराकानी हुने हुने सम्भावना रहेको बताए।

‘त्यस्तो कुनै फिक्स कार्यक्रम त छैन। तर, भर्खरै परारष्ट्र मन्त्रालयका अनुसार औपचारिक चिठी पठाइएको हुनाले अमेरिकी सरकारका प्रतिनिधिसँग औपचारिक या अनौपचारिक छलफल हुने सम्भावना बढेको छ। अब त्यहाँ के हुन्छ भन्ने त उही गएपछि थाहा हुन्छ,’ उनले भने,‘ मेरो मुख्य उद्धेश्य चै उपचार नै हो।’

उनी अमेरिकामा एक सातासम्म रहने जानकारीसमेत दिए।

‘सकेसम्म छिटो बिभिन्न चेकिङ गर्ने र हस्पिटलले दिएको सल्लाह अनुसार थेरापी या औषधि के गर्नुपर्छ त्यही अनुसार ७ दिनदेखि १० दिनसम्ममा या अलिक बढी बस्नुपर्ने भयो भने मसँगै गंगा पनि जादैछन्। उहाँहरूलाई छोडेर फर्कने विचार गरेको छु,’ उनले भने।

नेपालको पछिल्लो राजनीतिक स्थितिले पनि आफू अमेरिकामा धेरै दिनसम्म बस्न नसक्ने बताए।

यहाँको पछिल्लो राजनीतिक स्थिति पनि त्यती सहज नभए पनि हिजो प्रधानमन्त्री र पार्टीमा मेरो जाने बारे छलफल र सल्लाह भएपछि यता लागेको बताए। उनले पार्टी एकतालाई अन्तिम रूप दिन पनि अलिक ढिलो भइरहेको भन्दै त्यसलाई टुंग्याउन पनि र अन्य राजनीतिक विषयमा घनिभुत छलफल बाँकी भएकाले चाडै फर्कने बताए।

उनले हिजोका परिवर्तनहरू सामान्य राजनीतिक परिवर्तन भए पनि यो पटकको परिवर्तन ठूलो सिस्टमनै परिवर्तन भएकाले यसका लागि थुप्रै नयाँ संरचना नयाँ कानुन र अभ्यासको आवश्यकता भएको औल्याए।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ४९ बजे

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई

रौतहटमा बाघ गणना जारी

रौतहट । बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

काठमाडौं । हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी