२९ असार २०८३, सोमबार | July 13, 2026

बंगलादेशलाई पराजित गर्दै नेपाल समूह विजेता



काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । सहिद रंगशालामा शनिबार भएको खेलमा बंगलादेशलाई ३–० गोलले हराउँदै नेपाल समूह बिजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको हो ।

समूह ‘ए’ मा नेपालले दुई खेलबाट ६ अंक जोड्यो र समुह विजेता बन्यो । पराजित बंगलादेश उपविजेतामै सिमित बन्यो । दुवै टोली एक खेल अगावै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेका थिए । समूहचरणका दुवै खेलमा पराजित हुँदै भुटान प्रतियोगिताबाट बाहिरिसकेको छ ।

नेपालको जितमा सावित्रा भण्डारी र मञ्जली कुमारी योञ्जनले एक–एक गोल गरे । अर्को एक गोल नेपालले आत्मघाती रुपमा उपहार पाएको थियो । दोस्रो खेलमा सुधारिएको प्रर्दशन गर्दै नेपालले बंगलादेशविरुद्व सहज जित निकालेको हो ।

सुरुवातबाटै आक्रमक देखिएको नेपालले तीनवटै गोल पहिलो हाफमा गरेको थियो । नेपालले गरेको दुवै गोलमा फरवार्ड सावित्रा निर्णायक देखिईन् । नेपालले आत्मघाती गोलबाट अग्रता लिएको थियो । छैटौं मिनेटमा बंगलादेशकी रक्षक मासुरा पार्भिनको हेड प्रहारले पोस्टको दिशा लिएपछि नेपालले अग्रता बनाएको थियो ।

२३आंै मिनेटमा नेपालले अग्रता दोब्बर बनायो । मैदानको बाँया भागबाट एक्लै बल अघि बढाउँदै गोलकिपरलाई समेत विट गरेर सावित्रा गोल गर्न सफल भईन् । निरन्तर आक्रमण बुनेको नेपालले २८ औं मिनेटमा ३–० को अग्रता लियो । सावित्राको लामो पासमा मञ्जली कुमारी योञ्जनले गोल गर्दै नेपाललाई ३–० को स्थितिमा पु¥याएकी थिइन् । नेपालले दोस्रो हाफमा भने गोल थप्न सकेन ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : ०४ बजे

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले

सभामुखप्रति कांग्रेसको असन्तुष्टि : ‘विपक्षको नाडी छाम्ने होइन, निष्पक्ष भूमिका निर्वाह गरुन!’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ

पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की