२१ भदौ २०८३, आइतबार | September 6, 2026

राक्सिराङको दुई घरबाट डेढसय किलो गाँजा बरामद



हेटौंडा– ३ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयूक्त प्रहरी टोलीले १ सय ५२ किलो लागूऔषत गाँजा बरामद गरेको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. २ सुनारीसौडास्थित केही घरगोठहरुमा लागूऔषध गाँजा लुकाएर राखेको अवस्थामा उक्त गाँजा आइतबार प्रहरीले बरामद गरेको हो । मकवानपुर प्रहरीले सोही ठाउँ बस्ने माइला भन्ने मदन थोकरको घर खानतलासी गर्दा लागूऔषत गाँजा १ सय ११ किलो ग्राम गाँजा बरामद गरेको थियो ।

त्यस्तै प्रहरीले माइला स्याङबोको घर खानतलासी गर्दा लागूऔषत गाँजा ४१ किलोग्राम गरी जम्मा १ सय ५२ किलोग्राम लागुऔषध गाँजा फेलापारी बरामद गरिएको जनाएको छ । थोकर र स्याङबो फरार रहेको प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिए । फरार व्यक्तिहरुको खोजिकार्य तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : ११ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका