५ पुस २०८२, शनिबार | December 20, 2025

पति–पत्निबिचकाे खटपट अन्त्य गर्न के गर्ने ?



एजेन्सी । मानिसको हरेक सम्बन्ध सधै सुमधुर हुन्छ भन्ने हुदैन । जीवनका अनेकौं कालखण्डमा आइपर्ने घटनाक्रममा मतभेद भिन्न हुदाँ वा सहमती नजुट्दा खटपट हुने वा विवाद हुने गर्दछ ।

अझ कतिपय अवस्थामा आफ्नो पार्टनरसँग कुरा नमिल्दा नै सम्बन्धमा टकराव आउने गर्दछ । तर कोहि पनि मानिस पार्टनरसँग खटपट होस् भन्ने चाहदैनन् । तर खटपट हुने र यो बढ्दै जादाँ केहि सम्बन्धहरु सम्बन्धविच्छेदमा परीणत हुने गर्दछन् ।

तर यसरी खटपट हुनेको पछाडि पार्टनरबिचको असमझदारी वा अन्य कारण भन्दा पनि वास्तु दोष समेत कारक हुन्छ । वास्तुशास्त्र अनुसार निम्नानुसारको काम गरेमा पार्टनरबीच भएको खटपछ सुध्रिएर राम्रो सम्बन्धका रुपमा विकास हुन जान्छ ।

१. कहिलै पनि झ्याल वा नजिकै ओच्छ्यान लगाउनु हुदैन । यसले पार्टनरबीच सम्बन्धमा खटपट उत्पन्न गराउन सक्छ ।

२. यदि कारणवशं झ्याल छेउमा नै ओच्छ्यान लगाउनु परेमा पनि झ्याल छोएर लगाउनु हुदैन । अन्यथा यसले सम्बन्धमा तनाव उत्पन्न गराउन सक्छ ।

३. घरमा बाल्ने दियो घ्यूमा बाल्ने गर्नुपर्छ । खाना पकाएको भाडोको तेल हाल्ने गर्नुहुदैन । यसो गर्नाले पार्टनरविचको खटपट वैर भावमा परिणत हुने गर्दछ ।

४. सम्बन्धमा सकारात्मक उर्जा दिन घरको द्वारमा दैनिक पानिको घडा भरेर राख्नुपर्छ ।

५. यदि पार्टनरबीच कुनै विवाद भएमा त्यसलाई घरभित्र वा कुनै शान्त स्थानमा समाधान गर्नुपर्छ । घर बाहिर वा घरको प्यासेजमा बसेर विवाद गर्नुहुदैन ।

६. बिनाकारण ठुलो स्वरमा बोल्ने, चिच्याउने वा राति घरमा सुसेल्ने गर्नु हुदैन, यसले सम्बन्धमा नकारात्मक बढाउने गर्दछ ।

७. घरलाई सकेसम्म सफा राख्नुपर्छ यसले सकारात्मक उर्जा बढाई पार्टनरबीच हुने विवाद नियन्त्रण गर्न मद्दत गर्दछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १० : ४० बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने