५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवलमा थपियो नयाँ पर्यटकीय गन्तव्य, मुख्यमन्त्रीद्वारा बैठौलिया कपरकट्टी तालमा डुंगा शुभारम्भ (फोटो फिचर सहित )



बुटवल । बुटवल उपमहानगरपालिकामा अर्को पर्यटकीय गन्तव्य व्यवस्थित भएको छ । बुटवल वडा नंं.१६ बैठउलियास्थित कपरकट्टी ताल र आसपासको सिमसार क्षेत्रलाई संरक्षण गरी एउटा महत्वपूर्ण गन्तव्यका रुपमा विकास गरिएको छ ।

तालमा डुंगाको शुभारम्भ गराउँदै मुख्यमन्त्री शंकर पोखरेलले पर्यटन प्रवद्र्धनका लागि थप नयाँ व्यवस्थित कामको सुरुआत गरेको भन्दै बुटवल उपमहानगरको कामको प्रसंशा गर्नुभयो । उहाँले घुमफिरको संस्कृतिलाई समृद्धि, सद्भाव र एकतासंग जोडेर तीनै तहका बीचमा सहकार्यका साथ अभियान सञ्चालन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

बुटवलभित्र प्राकृतिक सिमसार क्षेत्र पनि छ भनेर सुनेको तर यति ठूलो र यस्तो व्यवस्थित होला भनेर कल्पना नगरेको सुनाउँदै मुख्यमन्त्रीले पर्यटन प्रवद्र्धनका लागि उपयुक्त गन्तव्य बनिसकेको दावी गर्नुभयो । विहीबार आयोजित एक भब्य कार्यक्रमकाबीच प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल, बुटवलका प्रमुख शिवराज सुवेदी, प्रदेश सभाका सदस्य तुलसीप्रसाद चौधरी, उपप्रमुख गुमादेवी आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी, शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसूनचन्द्र चौधरी तथा बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले संयुक्त रुपमा डुंगा चढेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

त्यसअघि आयोजिक भव्य समारोहमा मुख्यमन्त्रीले सम्बोधन गर्नुभएको थियो । सोही सम्बोधनका क्रममा उहाँले मुलुकको समृद्धिको आधार कृषि र पर्यटननै रहेको र यसक्षेत्रमा त्यसका प्रयाप्त आधार रहेको बताउनुभयो । पर्यटनलाई जनताको आयआर्जनसंग जोड्नुपर्ने भन्दै उहाँले यहाँ होमस्टे संचालन गरी स्थानीयका उत्पादनहरुले पर्यटकलाई आकर्षण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

थारु समुदायको बाहुल्यता रहेको यस गाउँमा थारु समुदायले नै प्रयोग गर्ने खानाका परिकार खुवाउन सके त्यसको छुट्टै महत्व रहने मुख्यमन्त्रीको भनाइ थियो । बुटवलका प्रमुख शिवराज सुवेदीले ब्यस्त सहरको नजिकै रहेको यो ताललाई व्यवस्थित गरेर धेरै भन्दा धेरै आन्तरिक र बाह्यसमेत पर्यटक तान्ने योजनाका साथ कामको शुभारम्भ गरिएको बताउनुभयो । ताललाई थप ब्यवस्थित बनाउन तालको वरिपरि हरियाली बनाइने, फुटपाथ बनाइने, मौलिक संस्कृतिका विश्रामस्थल बनाउनेदेखि त्यहाँसम्म पुग्ने बुटवल चक्रपथलाई अझ व्यवस्थित गरेर सञ्चालनमा ल्याइने बताउनुभयो ।

७ विगाहा बाट करिब २४ विगाहा क्षेत्रफलमा विकास गरिएको झण्डै डेढ किलोमिटर लामो ताललाई थप आकर्षक बनाउने गरी योजनाबद्ध कामको थालनी गरिएको उपमहानगरका प्रवक्ता तथा ताल रहेको वडाका अध्यक्ष रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

तालसंरक्षण समिति अध्यक्ष खेमलाल कंडेलले स्थानीय तहसंग समुदायले सहकार्य गरेर थप आकर्षक कार्यक्रमहरु तय गरिने र व्यस्त सहरका मानिसलाई मन लोभ्याने ठाउँका रुपमा विकास गरिने बताउनुभयो । उपमहानगरको पर्यटन प्रवद्र्धन समितिका सदस्य सचिव तथा वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

फोटो फिचर 

 

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ४ : ५४ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता