४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना कहर : मंगोलियाका राष्ट्रपति क्वारेन्टाइनमा, निको भएकालाई पुनः संक्रमण



एजेन्सी । मंगोलियाका राष्ट्रपति खाल्टमा बतुल्गा र उच्च सरकारी अधिकारीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

चीन भ्रमणमा गएका राष्ट्रपति बतुल्गासहितका उच्च अधिकारीहरुलाई विश्वव्यापी रुपमा आतंक मच्चाएको कोरोनाको संक्रमण भएको हुन सक्ने भएकाले क्वारेन्टाइनमा राखिएको हो ।

राष्ट्रपति बतुल्गा नेतृत्वको टोली चीन भ्रमणमा गएको थियो । चीनबाट फर्केपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । उनीहरुलाई १४ दिनसम्म त्यहाँ राखिने जनाइएको छ ।

उता कोरोना भाइरसको संक्रमण पुष्टि भएपश्चात् सफल उपचार गरि फर्किएकामा यसको संक्रमण पुनः भेटिएको छ । जिआङ्सुका जुझाउमा उपचार गरी फर्केको दुई हप्तापछि पुनः संक्रमण भेटिएको हो ।

त्यसै गरी उनकी छोरीमा पनि सफल उपचार भएको दुई हप्तापछि पुनः कोरोनाको संक्रमण भेटिएको छ ।

उनीहरु दुवैलाई अस्पाल भर्ना गरिएको छ । र, उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १० : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको