१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा जान नसक्ने चेतावनी



काठमाडौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटाईएका चिकित्सकहरुले सुरक्षाको कारण देखाउँदै शुक्रबारदेखि काममा नजाने बताएका छन् । चिकित्सकहरुको सुरक्षार्थ कुनै पनि व्यवस्था नगरि कोरोना परिक्षण एवं सर्तकताका लागि खट्न सरकारबाट निर्देशन आएको भन्दै चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा जान नसक्ने चेतावनी दिएका छन् ।

सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटाएका चिकित्सकहरुले सुरक्षाको कारण देखाउँदै शुक्रबारदेखि काममा नजाने जनाएका छन । नोवेल कोरोना भाइरसका संक्रमित हालसम्म नेपालमा नदेखिए पनि स्वदेशी तथा विदेशी नागरिकहरुबाट नेपालमा संक्रमण फैलिन सक्ने भन्दै विमानस्थलमा विदेशबाट आउने यात्रुको विशेष चेकजाँच हुँदै आएको छ । सरकारले विमानस्थलमा काम गर्न जाने चिकित्सकहरुको सुरक्षार्थ केहि पनि नसोचि मन्त्रीको आदेश भन्दै विमानस्थल जानुपर्ने फोन आएको चिकित्सक डाक्टर सन्तोष उपाध्यायले गुनासो राख्नुभयो । दैनिक पारिश्रमिक पनि निकै कम भएको कारण शुक्रबारबाटै काममा नजाने जानकारीसहित स्वास्थ्य विभागमा पत्र पठाउने डाक्टर उपाध्यायको भनाइ छ ।

विमानस्थल आफैमा संवेदनशील क्षेत्र हो । दैनिक हजारौं स्वदेशी तथा विदेशी विमानस्थल हुदै नेपाल भित्रिने र बाहिरीने गर्दछन । चिकित्सकहरुको काममा नजाने निचोडसंँगै अझ बढि त्रास पैदा भएको छ । यता सरुवा रोग निवारण महाशाखा टेकुका निर्देशक डाक्टर वासुदेब पाण्डेले कोरोना भाइरसको महामारीले त्रसित बनाएको अबस्थामा सबै मिलेर जानुपर्ने र चिकित्सकहरुको समस्या बुझी राज्यले सम्बोधन गर्ने भन्दै यथावत् रुपमा काममा लाग्न अनुरोध गर्नुभएको छ । डाक्टर पाण्डेले राष्ट्रमा संकट पर्दा सबैले जुटेर समस्याको निबारण गर्नुपर्ने बताउनुभयो । हाल विश्वका ८० देशमा फैलिइसकेको कोरोना भाइरसले ३ हजार १ सय ९९ जनाको ज्यान लिसकेको र ९३ हजार १ सय ६४ जनामा संक्रमण देखिए पनि नेपालमा भने बिहिबारसम्म कसैमा पनि कोरोना संक्रमण नदेखिएको बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनले नेपाल लगायत उत्तर पुर्वी एशियाली ११ मुलुकहरुमा कोरोना संक्रमणको जोखिम उच्च रहेको जनाएपछि नेपालमा त्राश अझ बढेर गएको छ । डाक्टर पाण्डेले नागरीकहरु सचेत रहनु पर्ने भएता पनि आत्तीइ हाल्नुपर्ने अबस्था भने नरहेको बताउनु भएको छ । नेपालमा कोरोना संक्रमणको आशंकामा ४ सय ३३ जनाको परीक्षण गर्दा चीनको उहानबाट नेपाल आएका एकजना विद्यार्थीबाहेक अरु कसैलाई संक्रमण नभेटिएको र ती एकजना पनि उपचारबाट स्वस्थ भइ घर फर्किसकको डाक्टर पाण्डेले बताउनुभयो । कोरोना भाइरसले ७०–८० बर्ष पुगेका जेष्ठ नागरिकहरु र दिर्घ रोगीहरुमा छिटो असर गर्ने हँुदा उनीहरुलाई बढी हेरबिचार गर्नुपर्ने बताउनु भयो ।

कोरोना भाइरस मानिसदेखि मानिसमा सर्ने भाईरस हो । अहिलेसम्म चीन बाहिरमात्र ११ देशमा गरी २ सय १५ जनाको मृत्यु र १२ हजार ७ सय ४२ जनामा संक्रमण भैसकेको छ । यता नेपाल चिकित्सक संघले पनि राष्ट्रिय समस्याको रुपमा रहेको कोरोना भाइरससंग जुध्न सरकारलाई सहयोग गर्ने बताएको छ ।

संघले सामाजिक संजालमा आएका कति कुरा अस्पष्ट र अतिरञ्जित हुनसक्ने हुँदा नागरिकमा कोरोना सम्वन्धी तथ्यसत्य कुरा सहितको सचेतना दिन र कोरोना भाइरसको उपचार र चेकजाँच गर्ने चिकित्सकहरुको सुरक्षार्थ सरकार लाग्नुपर्ने सुझाव समेत दिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ११ : ४४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले