१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

तिलोत्तमामा गर्भवतीसँग उप–प्रमुख कार्यक्रम सुरु, पौष्टिक आहार र क्यालसियम चक्की वितरण



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम सुरु गरेको छ । गर्भवती आमा र शिशुको स्वास्थ्यलाई प्रवद्र्धन गर्न यो कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पु¥याउनुपर्ने कुराको बारे चेतना फैलाउने नगरपालिकाले जनाएको छ । शुक्रबार वडा नं. १७ को गंगोलिया स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा गर्भवती महिलालाई पौष्टिक आहार र क्यालसियम चक्की वितरण गरी गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम सुरु गरिएको हो । नगरपालिकाले यसअघि नै गर्भवतीका लागि चाहिने क्यालसियम निःशुल्क दिने निर्णय गरेको थियो । एक जना महिलाका लागि गर्भधारण गरेको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म २२५ चक्की क्यालसियम चाहिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

नगरबासीको स्वास्थ्यमा सुधार ल्याउँदै औसत आयु बढाउन नगरपालिकाको आन्तरिक स्रोतबाट निःशुल्क क्यालसियम र पौष्टिक आहार प्रदान गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । पोषणमा सबैको पहुँच पुर्याउन यो कार्यक्रमले चेतना अभिवृद्धि गराउने नगर प्रमुख घिमिरेको विश्वास छ । भौतिक निर्माण मात्र विकास होइन महिला र शिशुको स्वास्थ्य सुधार गर्नुपनि विकास हो भन्ने मान्यताका साथ यो कार्यक्रम सञ्चालन गरिएको बताउँदै उप–प्रमुख चौधरीले कार्यक्रमबाट लाभलिन सम्पूर्ण गर्भवतीलाई आग्रह गर्नुभयो ।

गर्भावस्थामा नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउनेलाई पौष्टिक आहार दिने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख मोतिप्रसाद पौडेलले बताउनुभयो । गर्भवती महिलाले अरुबेलाको तुलनामा पोषिलो खानेकुरा बढी खानुपर्छ भन्ने सन्देश दिनका लागि पौष्टिक आहार वितरण गरिएको उहाँले बताउनुभयो ।

पौष्टिक आहारमा घिऊ, चना, मसुरो, नरिवल, छोडा, आयोनुन, ज्वानो, साबुन राखिएको छ । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माले तिलोत्तमाले सुरु गरेका सुत्केरीलाई थप प्रोत्साहन भत्ता, निःशुल्क क्यालसियम, पौष्टिक आहार वितरण जस्ता कार्यक्रमले मातृशिशु मृत्युदर कम गराउने बताउनुभयो । यस्ता कार्यक्रमले गर्भावस्थामा चारै पटक गर्भ जाँच गर्नेको संख्यामा वृद्धि हुने उहाँको भनाइ छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्मा, वडा नं. १७ का वडाध्यक्ष दानबहादुर चौधरी, सिनियर अहेव अधिकृत गणेश गौतमलगायतले बोल्नुभएको थियो । अहिले तिलोत्तमामा घरमै सुत्केरी गराउनेको संख्या शुन्य रहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १२ : ३८ बजे

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकियो : कृषिमन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौं । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै

अर्थतन्त्रमा सकारात्मक सङ्केत, संरचनागत चुनौती कायमै

काठमाडौँ । मुलुकको अर्थतन्त्रमा केही सकारात्मक सङ्केत देखिए पनि संरचनात्मक