१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

दीप बोर्डिङद्वारा महिला कृषक सम्मानित



बुटवल । सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले शुक्रबार महिला कृषकहरूलाई सम्मान गरेको छ ।

राष्ट्रको समृद्धिका लागि कृषिको उत्थान, कृषि प्रधान देशमा कृषकको सम्मान मूल नाराका साथ सम्पन्न कार्यक्रममा रुपन्देहीको शुद्धोधन गाउँपालिका फर्साटिकर मानपकडी क्षेत्रमा कृषिकर्म गरी आफूले उत्पादन गरेको कृषिबाली बुटवलका विभिन्न क्षेत्रमा बिक्री वितरण गर्ने ४१ जना महिलाहरूलाई सम्मान गरिएको हो । कार्यक्रकमको औचित्यका बारेमा बोल्दै विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले देशको आर्थिक समृद्धि र सारा जगतलाई जीवन दिने किसान धर्ती पुत्र भएको तथा ती कृषकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषक सम्मान कार्यक्रम गरिएको कुरा बताउनुभयो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उप प्रमुख गुमादेवी आचार्यले शैक्षिक क्रियाकलापसँगै विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वप्रति जागृत गराउन कृषक सम्मान कार्यक्रम गर्नु सराहनीय कार्य रहेको बताउनुभयो । सम्मान ग्रहण गरिसकेपछि महिला कृषकहरूले दीप बोर्डिङ हाई स्कूलले महिला कृषकहरूलाई सम्मान गरेकोमा खुसी व्यक्त गर्दै राज्यले समेत कृषकलाई उचित सहयोग र सम्मान गर्नुपर्ने बताउनुभयो । त्यसैगरि उनीहरूले अहिलेसम्म कुनै पनि विद्यालयले कृषकहरूको सम्मान नगरेको र आफ्नै घरदैलोमा आएर निमन्त्रणा गरी दीप बोर्डिङ हाई स्कूलले सम्मान गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा महिला कृषकहरूले आफूले उत्पादन गरेका साग, मूला, धनियाँ, प्याज, गोवी, अण्डा, मेथी, चनसुर, पालक, रायो लगायत विभिन्न थरिका तरकारी ल्याएर बिक्री गरेका थिए भने विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकहरूले उक्त तरकारी खरिद गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका उप प्रमुख गुमादेवी आचार्यको प्रमुख आतिथ्यता, विद्यालयका उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, प्लस टु संयोजक वसन्त कुमार जोशीको आतिथ्यतामा सम्पन्न कार्यक्रमको संयोजन अमर खत्रीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : ५० बजे

पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

काठमाडौं । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकियो : कृषिमन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौं । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै