५ पुस २०८२, शनिबार | December 20, 2025

नेपाल पारा ओलम्पीक कमिटि प्रदेश ५ मा नयाँ नेतृत्व



बुटवल । अपाङ्गता भएका व्याक्तिहरुको खेलकुद संस्था नेपाल पारा ओलम्पीक कमिटि प्रदेश ५ गठन गरिएको छ ।
शुक्रबार बुटवलमा भएको भेलाबाट देवी आचार्यको अध्यक्षतामा नयाँ कमिटि गठन गरिएको हो ।

नयाँ गठन गरिएको कमिटिको उपाध्यमा नारायण कुर्मी, सचिवमा सावित्रा घिघिरे, कोषाध्यक्षमा मिना भुषाल(पाठक) चयन भएका छन् । यस्तै सदस्यहरुमा निर्मल पौडेल, आकाश मल्ल, यज्ञ बहादुर वि.क र सुप्रिय भुषाल, चयन भएका छन् ।

नेपाल पारा ओलम्पीक मिमिटिका अध्यक्ष दिपक कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ५ सामाजिक विकास मन्त्रालय खेलकुद शाखा प्रमुख विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा रुपन्देही जिल्ला खेलकुद विकास समितिका प्रमुख संगम थापाको विशिष्ठ आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पारा ओलम्पकी कमिटिका महासचिव प्रकाश शिलवाल, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पुर्व बरिष्ठ उपाध्यक्ष देवी बहादुर पोखरेल, राष्ट्रिय अपाङ्ग महासंघका पुर्व केन्द्रीय सदस्य लोकनाथ भुषाल, शिव कुमार ज्ञवाली, लायन्स क्लव अफ बुटवल सयपत्रीका पास्ट प्रेसीडेन्ड रोशनी पोडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सावित्रा घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : ५५ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य