१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

नेकपा क्षेत्रीय कमिटीले कोरोनाविरुद्ध टोलटोलमा जनचेतना जगाउने



बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नम्बर २ रुपन्देहीले कोरोना भाइरसविरुद्ध टोलटोलमा जानकारीमूलक सन्देश प्रवाह गर्ने भएको छ ।

पार्टी केन्द्रको निर्देशन बमोजिम टोलटोलमा जानकारीमूलक पर्चा वितरण गर्नुका साथै सन्देश प्रवाह गर्ने निर्णय क्षेत्रीय कमिटीको शुक्रबार बसेको बिस्तारित बैठकले गरेको हो ।

निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा १ र प्रदेशसभा २ कमिटीसहित बसेको संयुक्त बिस्तारित बैठकले पार्टी एकता सुद्धिढीकरण अभियानलाई प्रभावकारी ढंगले अघि बढाउन तयारी गर्ने र जनसम्बन्ध बिस्तारलाई पनि जोड दिने निर्णय पनि गरेको क्षेत्रीय कमिटीका संयोजक तेजेन्द्र केसीले जानकारी दिनुभयो ।

बैठकलाई संबोधन गर्दै नेकपा प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्तीले कोरोना भाइरसको जोखिमका कारण पार्टीले तत्कालका लागि विशेष अभियान स्थगीत गरेको जानकारी दिनुभयो । उहाले पार्टीले अंगीकार गरेको नीति र नेतृत्वप्रति उत्तरदायी हुन आग्रह गर्दै परिवर्तनप्रति विश्वस्त हुनुपर्ने बताउनुभयो ।

उहाले असम्भव कुरालाई कामबाट सम्भव तुल्याउनुपर्नेमा जोड दिंदै जनसंगठनलाई प्रभावकारी ढंगले परिचालन गर्नुपर्ने बताउनुभयो । बैठकलाई संबोधन गर्दै पार्टीका रुपन्देही इन्चार्ज एवं प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सरकारले गरेका राम्रा कामलाई जनतामाझ लैजानुपर्ने बताउनुभयो । उहाले नकारात्मक कुराहरुको चर्चा बढी हुने गरेको भन्दै सकारात्मक कुराहरुको प्रचारप्रसारका लागि कार्यकर्ताहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

बैठकलाई नेकपा रुपन्देहीका सहइन्चार्ज एवं प्रदेशसभा सदस्य दधिराम न्यौपाने, प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकाल, पुरन गुरुङ, नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदी, सचिव नारायण जिसीलगायतले संबोधन गर्नुभएको थियो । बैठकमा पार्टीका बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थी, तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईं, सैनामैना नगर कमिटी अध्यक्ष नारायण न्यौपानेले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बैठकले पार्टीका जिल्ला सदस्य ज्ञानप्रसाद अर्यालकी आमा देउरुपा अर्याल र तिलोत्तमा वडा नम्बर ६ का पार्टी सदस्य क्रृषिराम शर्माको निधन भएकोमा श्रदान्जलि व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको क्षेत्रीय सचिव होमनाथ न्यौपानेले जानकारी दिनुभएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ६ : २७ बजे

जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र

पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

काठमाडौं । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकियो : कृषिमन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका