२१ भदौ २०८३, आइतबार | September 7, 2026

रोटरी लुम्बिनी स्टार्सद्वारा अपाङ्ग आश्रममा झुल वितरण



बुटवल । रोटरी क्लब अफ लुम्बिनी स्टार्सले बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित नेपाल अपाङ्ग आश्रममा २२ थान झुल र सर्फ वितरण गरेको छ ।

शुक्रवार आश्रममा एक कार्यक्रमको आयोजना गरि आश्रमका सञ्चालक डोर बहादुर रामदानलाई झुल हस्तान्तरण गरिएको थियो । गर्मी बढ्दै गर्दा लामखुट्टेको प्रकोप पनि बढेको र त्यसबाट डेंगु लगायतका रोग बढ्न सक्ने हुदा त्यसबाट बच्न सहयोग पुगोस भन्दै क्लबले निशुल्क झुल वितरण गरेको क्लबका अध्यक्ष यादव भण्डारीले बताउनु भयो ।

सो सामाग्री आश्रमका सञ्चालक रामदानलाई कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष रो. राजेन्द्र कार्कीले हस्तारन्तरण गर्नु भएको थियो । सो अवसरमा बोल्दै कार्कीले रोटरी स्टार्सले स्थापनाको छोटो समयमा निकै राम्रो काम गरेको भन्दै समाजसेवालाई आदर्श मानेर अगाडी बढ्न आग्रह गर्नु भयो ।

क्लबका अध्यक्ष रो. यादव भण्डारीको अध्यक्षता, क्लबका सदस्य रो. विक्रम क्षेत्रीको सञ्चालनमा भएको कार्यक्रममा स्वागत क्लबका प्रेसिडेन्ट इलेक्ट रो. बालकृष्ण पाण्डेले गर्नु भएको थियो ।

कार्यक्रममा रोट¥याक क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष रो. विमल ढकाल, बुटवल जेसीसका अध्यक्ष राजिव गौतम, आश्रमका सञ्चालक डोरबहादुर रामदान लगायत बोल्नु भएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ६ : २९ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त