२० मंसिर २०८२, शनिबार | December 6, 2025

रोटरी लुम्बिनी स्टार्सद्वारा अपाङ्ग आश्रममा झुल वितरण



बुटवल । रोटरी क्लब अफ लुम्बिनी स्टार्सले बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित नेपाल अपाङ्ग आश्रममा २२ थान झुल र सर्फ वितरण गरेको छ ।

शुक्रवार आश्रममा एक कार्यक्रमको आयोजना गरि आश्रमका सञ्चालक डोर बहादुर रामदानलाई झुल हस्तान्तरण गरिएको थियो । गर्मी बढ्दै गर्दा लामखुट्टेको प्रकोप पनि बढेको र त्यसबाट डेंगु लगायतका रोग बढ्न सक्ने हुदा त्यसबाट बच्न सहयोग पुगोस भन्दै क्लबले निशुल्क झुल वितरण गरेको क्लबका अध्यक्ष यादव भण्डारीले बताउनु भयो ।

सो सामाग्री आश्रमका सञ्चालक रामदानलाई कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष रो. राजेन्द्र कार्कीले हस्तारन्तरण गर्नु भएको थियो । सो अवसरमा बोल्दै कार्कीले रोटरी स्टार्सले स्थापनाको छोटो समयमा निकै राम्रो काम गरेको भन्दै समाजसेवालाई आदर्श मानेर अगाडी बढ्न आग्रह गर्नु भयो ।

क्लबका अध्यक्ष रो. यादव भण्डारीको अध्यक्षता, क्लबका सदस्य रो. विक्रम क्षेत्रीको सञ्चालनमा भएको कार्यक्रममा स्वागत क्लबका प्रेसिडेन्ट इलेक्ट रो. बालकृष्ण पाण्डेले गर्नु भएको थियो ।

कार्यक्रममा रोट¥याक क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष रो. विमल ढकाल, बुटवल जेसीसका अध्यक्ष राजिव गौतम, आश्रमका सञ्चालक डोरबहादुर रामदान लगायत बोल्नु भएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ६ : २९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय