५ पुस २०८२, शनिबार | December 20, 2025

कांग्रेस नेता पोखरेलद्वारा आश्रममा भोजन दान



बुटवल । नेपाली कांग्रेसका युवा नेता विष्णु पोखरेलले बेसहारा र परिवारबाट परित्यक्त व्यक्तिलाई भोजन दान गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ ।

नेपाली कांग्रेस रुपन्देहीका जिल्ला कार्यसमिति सदस्य पोखरेलले बुटवलस्थित मानव सेवा आश्रममा आश्रित एक सय ३० जना व्यक्तिलाई भोजन दान गर्नुभएको हो । पश्चिमा विदेशी संस्कृति अनुशरण गरेर केक काट्ने र भड्किलो तरिकाले जन्मदिन मनाउने परिपाटीलाई रोकेर मानवीय तथा सामाजिक सेवा गरेर जन्मदिन मनाउने संस्कृतिको विकास गर्ने उद्देश्यले मानव सेवा आश्रममा आश्रितलाई भोजन दान गरेको नेता पोखरेलले बताउनुभयो ।

सो अवसरमा पुर्वमन्त्री एवं कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले नेपाली कांग्रेसका नेता कार्यकर्ताले विदेशी संस्कृतिको नक्कल गर्नुभन्दा युवा नेता पोखरेलले जस्तै मानवीय सेवा गरेर जन्मदिन मनाउने बानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो । कम्युनिष्टहरुले राष्ट्रवादी भन्दै विदेशी संस्कृतिको नक्कल गरेर नेपालको मौलिक संस्कृति तथा परम्परामा प्रहार गरिरहेको भन्दै नेता रज्जाकले कांग्रेसका नेता, कार्यकर्ताले त्यस्तो नगरी सामाजिक र मानवीय सेवाका काम गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका उपसभापति फणिन्द्र शर्मा, सचिव रामकृष्ण खांण, क्षेत्रीय सभापति हरि लम्साल, नेवि संघका केन्द्रीय उपाध्यक्ष मुक्ति राज पौडेल लगायत नेता कार्यकर्ताले युवा नेता पोखरेलबाट सबैले सिक्नुपर्ने धारणा राख्नुभएको थियो ।

त्यस अवसरमा मानव सेवा आश्रमका लोकनाथ भुसाल र सरु अधिकारीले नेता पोखरेल जस्तै मनकारी व्यक्तिको सहयोगबाट आश्रममा आश्रित एक सय ३० जनाको भरणपोषण भइरहेको जानकारी गराउनुभयो । पछिल्लो समय आश्रममा आश्रित व्यक्तिलाई भोजन दान गरेर जन्मदिन मनाउने परिपाटीको विकास हुंदै गएको उहाहरुले बताउनुभयो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ५ : ३१ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता