४ पुस २०८२, शुक्रबार | December 20, 2025

ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक



तिलोत्तमा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट ज्येष्ठ कम्युनिष्ट मञ्च पाँच नम्बर प्रदेश कमिटीको बैठक सम्पन्न भएको छ ।

मन्चका अध्यक्ष अर्जुन ज्ञवालीको अध्यक्षतामा बसेको बैठकलाई संबोधन गर्दै नेकपा प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्तीले कम्युनिष्ट राजनीतिमा लागेका पुराना र पाकापुस्ताले आफूले हासिल गरेको ज्ञान र अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

पुर्व सभामुख समेत रहनुभएकी घर्तीले ज्येष्ठ कम्युनिष्ट कार्यकर्ताहरुसँग कम्युनिष्ट आदर्शको सही नीति र मान्यता रहेकोले त्यसलाई नयाँ पुस्तालाई हस्तान्तरण गरेर पार्टीलाई सही मार्गमा हिंडाउन सकिने बताउनुभयो । त्यस अवसरमा उहाले ज्येष्ठ कम्युनिष्ट मञ्च प्रदेश कमिटीका पदाधिकारी एवं सदस्यहरुलाई सपथग्रहण गराउनुभएको थियो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सल्लाहकार नेत्र पन्थी, रामचन्द्र भट्टराई, प्रदेश कार्यालय सचिव बलराम अधिकारी, मन्चका सचिव इश्वरी खनाल लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ५ : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको