२२ भदौ २०८३, सोमबार | September 7, 2026

१७ लाख घुस सगै नापीका अधिकृतसहित पाच जना पक्राउ



बुटवल । रुपन्देहीको नापी कार्यालयका अधिकृतसहित छ जना अख्तियार दुरूपयोग अनुसन्धान आयोगको फन्दामा परेकाछन् । उनीहरुलाई सेवाग्राहीसँग १७ लाख घुस लिँदै गर्दा अख्तियारको बुटवल कार्यालयले नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलिले नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षक तिर्थराम भण्डारी, सर्वेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, सहयोगी राज कुमार अर्याल समेतलाई सिद्धार्थ नपा वडा १३ अशोका होटल नजिकबाट पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रमुख भीष्म भुसालले पुष्टी गर्नुभएको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरि बिशेष अदालतमा भ्रष्टाचारको मुद्दा चलाईने प्रमुख भुसालले बताउनुभयो ।

नापी कार्यालयमा लामो समयदेखि अनियमीत लेनदेन हुने गरेको सेवाग्राहीहरुले गुनासो गर्दै आएका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ९ : ०८ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा