३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

कोरोना भाइरसको सचेतना अभियानमा सबै सदस्य परिचालन



बुटवल । सत्तारुढ नेकपाको बुटवल वार्ड नम्बर ११ ले आफ्नो वडामा रहेका ६० वटै टोलमा एकैसाथ कोरोना सचेतना अभियान संचालन गर्ने भएको छ ।

चैत्र ३ गते सोमबार बिहान ७ बजे एकै पटक करिव १७ सय संगठित सदस्यता परिचालन गरी सबै टोलमा कोरोना भाइरससम्बन्धि सचेतना अभियान सञ्चालन गर्ने अध्यक्ष दिननाथ भट्टराईले जानकारी दिनुभएको छ ।
कोरोना सचेतनाबारे सो वडाले राखेको तयारी बैठकमा बोल्दै पार्टीका रुपन्देही अध्यक्ष शिवराज सुवेदीले पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू विकसित भए पार्टी संगठन कमजोर हुने बताउनुुुभयो । उनले राम्रो काम गर्नेलाई प्रोत्साहन र गल्ति गर्नेलाई दुरुत्साहन गर्ने जस्ता सजिव र गतिशील कम्युनिष्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालनाको स्तर अहिले निकै कमजोर अवस्थामा रहेको हुँदा त्यसलाई पूर्णरुपमा सशक्त बनाउनुपर्ने बताउनुुुभयो ।

सुवेदीले पार्टीको संगठनात्मक सिद्धान्त जनवादी–केन्द्रीयता रहेको कुरा स्पष्ट गर्दै पार्टी संगठनलाई व्यवस्थित र अनुशासित तुल्याउन सदस्यता नविकरण गर्नु, कमिटीहरूको नियमित बैठक सञ्चालन गर्नु, निर्णय प्रक्रिया विधि संगत, सामुहिक र संस्थागत बनाउन आवश्यक रहेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शाखा कमिटी बुटवल–११ का अध्यक्ष दिनानाथ भट्टराईको अध्यक्षतामा बसेको बैठकमा जिल्ला सचिवालय सदस्य गोपाल राना, जिल्ला सचिवालय सदस्य तथा बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थी, जिल्ला सदस्य तथा शाखा सहइन्चार्ज राजेन्द्र ढकाललगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।

। बैठकले सो वडाबाट पार्टीका विभिन्न विभाग, विभिन्न जनवर्गीय संगठनमा पुगेका सदस्यहरुलाई बधाई ज्ञापन गरिएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ५ : ५० बजे

पार्टी महाधिवेशन २०८३ मा हुनेमा महामन्त्री थापा विश्वस्त

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको महाधिवेशन

नाफा भन्दा पनि आम मानिसलाई फाइदा पुग्ने सिद्धान्तमा टेकेर अघि बढ्ने आइएमईका संस्थापकहरुको प्रतिबद्धता

काठमाडौ। नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले लगानी विस्तार

सरकारलाई एक महिनाभित्र छानबिन समिति बनाउन बाध्य पार्‍यौं : प्रचण्ड

झापा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको

देशको वृहत्तर हितका लागि एमाले र कांग्रेसबीच सहकार्य आवश्यक : प्रदीप ज्ञवाली 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको

बुटवलको मिलनचोकमा खुल्यो प्राञ्जल एजुकेशन कन्सल्टेन्सीको पहिलो शाखा

बुटवल । वैदेशिक अध्ययनका लागि परामर्श सेवा प्रदान गर्दै आएको