२२ भदौ २०८३, सोमबार | September 7, 2026

कोरोना भाइरसको सचेतना अभियानमा सबै सदस्य परिचालन



बुटवल । सत्तारुढ नेकपाको बुटवल वार्ड नम्बर ११ ले आफ्नो वडामा रहेका ६० वटै टोलमा एकैसाथ कोरोना सचेतना अभियान संचालन गर्ने भएको छ ।

चैत्र ३ गते सोमबार बिहान ७ बजे एकै पटक करिव १७ सय संगठित सदस्यता परिचालन गरी सबै टोलमा कोरोना भाइरससम्बन्धि सचेतना अभियान सञ्चालन गर्ने अध्यक्ष दिननाथ भट्टराईले जानकारी दिनुभएको छ ।
कोरोना सचेतनाबारे सो वडाले राखेको तयारी बैठकमा बोल्दै पार्टीका रुपन्देही अध्यक्ष शिवराज सुवेदीले पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू विकसित भए पार्टी संगठन कमजोर हुने बताउनुुुभयो । उनले राम्रो काम गर्नेलाई प्रोत्साहन र गल्ति गर्नेलाई दुरुत्साहन गर्ने जस्ता सजिव र गतिशील कम्युनिष्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालनाको स्तर अहिले निकै कमजोर अवस्थामा रहेको हुँदा त्यसलाई पूर्णरुपमा सशक्त बनाउनुपर्ने बताउनुुुभयो ।

सुवेदीले पार्टीको संगठनात्मक सिद्धान्त जनवादी–केन्द्रीयता रहेको कुरा स्पष्ट गर्दै पार्टी संगठनलाई व्यवस्थित र अनुशासित तुल्याउन सदस्यता नविकरण गर्नु, कमिटीहरूको नियमित बैठक सञ्चालन गर्नु, निर्णय प्रक्रिया विधि संगत, सामुहिक र संस्थागत बनाउन आवश्यक रहेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शाखा कमिटी बुटवल–११ का अध्यक्ष दिनानाथ भट्टराईको अध्यक्षतामा बसेको बैठकमा जिल्ला सचिवालय सदस्य गोपाल राना, जिल्ला सचिवालय सदस्य तथा बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थी, जिल्ला सदस्य तथा शाखा सहइन्चार्ज राजेन्द्र ढकाललगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।

। बैठकले सो वडाबाट पार्टीका विभिन्न विभाग, विभिन्न जनवर्गीय संगठनमा पुगेका सदस्यहरुलाई बधाई ज्ञापन गरिएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ५ : ५० बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११