२२ भदौ २०८३, सोमबार | September 7, 2026

उपभोक्तालाई ग्यास पाउन हम्मे, मन्त्रीले ढाँटे कि व्यापारीले लुकाए ?



काठमाडौ । काठमाडौ उपत्यकाका ग्याँस डिलरकहा जाने हो भने ग्याँस पाउन मुस्किल छ । नेपाल आयल निगमले नियमित रुपमा ग्याँस आपूर्ति बढाउँदै लगिरहेको दाबी गरे पनि बजारमा अधिकांश ग्याँस बिक्रेताहरुले ग्याँस नै नआएको गुनासो गर्छन् ।

कोराना संक्रमणको त्रासले गर्दा आम उपभोक्ताले आवश्यकभन्दा बढी साम्रागी जोहो गर्न खोज्दा बजारमा नुन तेलदेखि खाद्यवस्तुको बिक्री बढिरहेको छ । आम सर्वसाधारणले त ग्याँस पाएका छैनन् छैनन्, काठमाडौबाट निर्वाचित सांसदले समेतले ग्याँस नपाएको गुनासो गर्न थालेका छन् ।

नेपाल आयल निगमले बिगतको भन्दा बढी ग्याँस आइरहेको जनाएको छ । उपभोक्ताले आफ्नोमा खाली सिलिन्डर एकै पटक ल्याएका कारण ग्यासको अभाव भएको निगमको तर्क छ । अर्कातर्फ कोरोनाको कारण भारतसंगको नाका बन्द भयो भने आयातमा समस्या भएर अभाव हुने आम उपभोक्ताको बुझाइ रहेको छ । आयल निगमले ग्यास तथा अन्य बस्तुको आयात बढाउदै गए पनि किन आम उपभोक्ताले सहज रुपमा पाउन सकिरहेका छैन । आम सर्वसाधारणमा कोरोनाको क्रासले एक्कै पटक माग बढ्दा ब्यापारीहरुले समेत कालाबजारी गर्न थालेका छन । डिलरमा ग्यास हुदै हुदै पनि व्यपारीको मंहगोमा बेच्नका लागि लुकाउन सक्ने हुदा अनुगमनमा कडाई गर्नु पर्न जोडमा सांसदको जोड छ ।

अहिले नियमित रुपमा ग्यास आपूर्ति भइरहेको र खपतको तुलनामा ग्यास आयात बढीरहेकोले आम उपभोक्ताले अनावश्यक रुपमा भण्डार नगर्न निगमले भने पनि जनता विश्वस्त हुन सकिरहेका छैनन् । भारतबाट ग्यास लगायत पेट्रालियम पर्दाथको आयात निर्वाध रुपमा भइरहेकाले बजारको अभाव केही दिनका लागि मात्र हुने निगमको तर्क छ ।

यसरी आयल निगमले चाहिएको जति ग्यास दिइरहेको दाबी गरे पनि ग्यास उद्योगले आफना् बिक्रेतालाई मागअनुसार ग्यास नदिंदा पसल बन्द गरेर बसेका छन । आफनो पालोमा आएको ग्यास एकै दिनमा सकिने भएपनि अर्काे पालो नपाउनेसम्म राजधानीका अधिकांश ग्यास बिक्रेताका पसल बन्द हुने गरेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ६ : ४१ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११