१५ माघ २०८२, बिहिबार | January 29, 2026

झापाका पत्रकार तिवारीको ‘अटो रिक्सा’ सार्बजनिक (भिडियो सहित)



भोजपुर । पुर्वी नेपालको झापाबाट सञ्चालीत मोफसलकै चर्चित सूर्योदय टेलिभिजनका समाचार प्रमुख रमेश तिवारी पत्रकारिता सँगै मोडलिङ क्षेत्रमा आफनो छुट्टै पहिचान बनाइरहेका छन् ।

मोफसलमा रहेर पत्रकारिता गरिरहेका तिवारी पछिल्लो समय  अटो रिक्सामा म्यूजिक भिडियोमा मोडलिङ गरेसगै उनी सञ्चारमाध्यमको हेड लाईन बनेका छन् । भिडियो सार्वजनीक भएको १ दिनमै ४५ भन्दा बढि सञ्चार माध्यमले उनि अभिनित म्युजिक भिडियो आफनो सञ्चारमाध्यमबाट सियर गरेका छन् ।  उक्त भिडियो मन पराएर सञ्चारमाध्यमबाट सियर गर्ने सबैलाई उनले फेसबुक मार्फत बधाई समेत दिएका छन् ।

विदेशमा गएर केही वर्षको अल्पकालीन रोजगार होइन परिश्रम गरे स्वदेशमै दीर्घकालीन रुपमा स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने भिडियोमा मोडल बन्दना आचार्य (बेबो)ले तिवारीलाई साथ दिएकी छन भने मोडल तिवारीलाई अटो ड्राइभरको रुपमा देख्न सकिन्छ ।

हलेसी टेड्र लिंकका प्रबन्धक चुडामणि पौडेलले रचना गरेको ‘अटो रिक्सामा’ नामक गितमा गायक सन्तोष शिवाको स्वर रहेको छ भने म्युजिक भिडियोमा टिका भण्डारीको संगित रहेको छ । बिर्तामोडका युवा ब्यवसायी पौडेलले दर्जनबढी गितको रचना गरिसकेका छन् । निर्माता पौडेलको रचनामा तयार पारिएको म्युजिक भिडियोको निर्देशन शंकर कोइरालाले गरेका छन् । भिडियोलाई झापा, काठमाडौँ र चितवनका विभिन्न भूगोलमा छायाङ्कन गरिएको थियो ।

 

तेह्रथुमको छातेढुङ्गामा जन्मिएका तिवारीले दुई दर्जनबढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । हाल तिवारी झापाको  बिर्तामोडमा रहेको सूर्याेदय टेलिभिजनको समाचार प्रमुखको भुमीका निर्वाह गर्दै पत्रकारिता र कलाकारितालाई संगसंगै अगाडि बढाई रहेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ९ : ०५ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण