२६ असार २०८२, बिहिबार | July 10, 2025

प्रधानमन्त्रीद्धारा ओलीले देशवासीका नाममा सम्बोधन, देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्नुभएको छ । उहाले सम्बोधन सुरु गर्दै आफ्नो स्वास्थ्यबाहेक जनस्वास्थ्यका विषयमा कुरा गर्ने बताउनुभयो । विश्वभर फैलिएको कोरोना भाइरसको जोखिमबाट मुक्त हुने अवस्थामा देश नरहेको बताउँदै यसबाट आफू चिन्तित रहेको बताउनुभयो ।

उहाले देशमा संक्रमण फैलिन नदिन, संक्रमितलाई उपचारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । आफ्नो नेतृत्वमा ५ वटा बैठक बसेर यसबारे छलफल गरेको पनि उहाले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै १० चैतदेखि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको घोषणा गर्नुभएको छ । तर केही अवधिका लागि भनिए पनि कहिलेसम्म भन्ने खुलाएका छैनन् ।

सरकारले देशैभर सञ्चालन हुने लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । प्रधानमन्त्रीले १० चैतदेखि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको उल्लेख गरेका छन्, तर केही अवधिका लागि भनिए पनि कहिलेसम्म भन्ने खुलाउनु भएको छैन ।

त्यसैगरी, पर्सि ९ चैतदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगित गर्ने घोषणा प्रधानमन्त्रीले गरेका छन् । अहिले १८ चैतसम्म त्यो घोषणा लागू हुनेछ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : ३६ बजे

मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा

जनकपुर । मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशलाई

पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

काठमाडौँ । उच्च अदालत पाटनले पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

करदाता शिक्षा र कर संकलन दर बढाउन मिडियाको साथ आवश्यक

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालयलाई करको दर भन्दा करको दायरा

संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

काठमाडौँ । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच

आगलागीमा परेर काठमाडौंमा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा